लन्डन– गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा २१ जना मनोनित भएका छन् । तीमध्ये २ जना युकेबाट परेका छन् । एनआरएन यूकेका पूर्व महासचिव रामशरण सिम्खडा र एनआरएनए युके पूर्वआईसीसी सदस्य सुष्मा राई गैरआवासीय नेपाली संघ आईसीसी सदस्यमा मनोनित भएका हुन् ।
शुक्रवार बसेको आइसीसी वैठकले ‘अडिनरी काउन्सिल’ समेत गठन गरेको छ । ५१ जना रहने उक्त काउन्सिलमा युकेबाट ६ जना परेका छन् जसमा एनआरएनएए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, पूर्व अध्यक्ष महेन्द्र कँडेल, चिरन्जिवी ढकाल, मोहन गुरुङ, विश्व आदर्श पण्डित र शरण केसी छन् । ११ सदस्यीय बिषयगत सल्लाहकार समितिमा युकेबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व प्रवक्ता डा. हेमराज शर्मा छन् ।
संघको उक्त ६० औं अनलाइन बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो । संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अडिनरी परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको हो ।
बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहनुभएको संरक्षक परिषद गठन गरेको छ ।
यसै गरी डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा.महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ । अडिनरी परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट छानिनुभएको छ भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिनु भएको छ । यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार, युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी, एसिया प्यासिफिकबाट रन्जना उदास,प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।
संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।






