हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताए ।