दश वर्षे जनयुद्ध शान्तिका लागि थियोः अध्यक्ष दाहाल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो ।’

अध्यक्ष दाहालले ‘अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं’ भन्दै ‘हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौं’ उनले बताए ।

माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा माओवादी केन्द्र प्रतिबद्ध भएर लागेको बताइन् ।