लण्डन। एक पछि अर्को गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका सृजना खत्री (हाउडे माया )को नया आइटम गीत युटुब मार्फत सार्वजनिक भएको छ ।
‘मिठो बोली ‘ नामक उक्त गीतको शब्द तथा स्वोर स्वयंम गायिका खत्रीको नै रहनुका साथै संगीत चाही मनोज राज सिवाकोटीको छ ।
गायिका खत्रीको उक्त गीत सुन्दा नै नाचौ नाचौ लाग्ने खालको छ भने गीतले अहिलेको २१ औ सताब्धिलाई मध्यनजर गर्दै जवानी समालेर राख्न नसक्ने बताउनुका साथै अहिले घागर चोलीको चलन चल्ती आएको गीत मार्फत व्यक्त गरिएको छ ।
युबराज वाइबाद्वारा निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई छायांकन भने उत्सव धाजलले गरेका हुन् ।
जुना ,रोशनी र नविनाको उत्क्रिष्ट अभिनयले भिडियो रिलिज संगै चर्चा कमाउन सफल भएको उक्त भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन्।
हेर्नुहोस् उक्त गीतको म्यूजिक भिडियो :






