यूकेको मैदानमा उत्रिए,पाँचथरका २१ टिम [भिडियो सहित ]

लण्डन, पाँचथर समाज सेवा यूकेको सातौं पाँचथर कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार मे ५ का दिन फेल्थाम कम्युनिटी खेल मैदानमा जम्मा २१ वटा टिम हरुले भाग लिए । तिमध्ये सुपर भेटरन समुहमा चार, भेटरन समुहमा सात र मुख्य युवा समुहमा जम्मा दश वटा टिमहरु प्रतिस्पर्धी रहे ।

सुपर भेटरन समुहबाट यस बर्ष धरान समाज बिजेता रह्यो भने उपबिजेताको उपाधि इलाम एफसी (#ilamfc) ले हात पार्यो । यस समुहका उत्कृष्ट खेलाडी अर्थात ‘बेस्ट प्लेयर’ इलाम समाजका दुर्गा राई भए भने सर्वाधिक पाँच गोल गर्दै ‘टप स्कोरर’ को उपाधि बिजयी धरान समाजका ओम थापाले हासिल गरे । सुपर भेटरन समुहमा धरान समाज बिजेता बनेको लगातार यो दोश्रो पटक हो । बिजेता र उपबिजेता टिमले ट्रफी सहित क्रमश पाँचसय र तीन सय पाउण्ड नगद प्राप्त गरे ।

त्यस्तै गरी ३८ देखि ४४ बर्षसम्मका खेलाडीहरु सम्मिलित भेटरन समुहको फाइनलमा क्यूएएफसी (#QAFC) ले इलाम एफसीलाई हराउँदै यस बर्षको बिजेता बने । तर उपबिजेता इलाम एफसीका लेख राई नै भेटरन समुहका बेस्ट प्लेयर बने । उता बिजयी टिमका टेक मान लिम्बुले भने सर्वाधिक चार गोल गरी समुहका टप स्कोरको उपाधि हात पारे । भेटरन समुहका बिजेता क्यूएएफसीले नगद सातसय पाउण्ड र उप बिजेता इलाम एफसीले नगद चार सय पाउण्ड प्राप्त गरे ।

सातौं पाँचथर कपको मुख्य उपाधि यस बर्ष पनि तोङबा एफसी (#tongfc) ले हात पार्यो । १७ देखि ३७ बर्षसम्मका युवा खेलाडीहरु सम्मिलित युवाहरुको फाइनल खेलमा आफ्नो पुराना प्रतिस्पर्धिहरु एमबिजेड (#MBZ) लाई हराउँदै तोङबा एफसी लगातार दोश्रो पटक च्याम्पियन बनेको हो । तर सर्वाधिक पाँच गोल गरी उपबिजेता एमबिजेडका प्रणय गुरुङ नै टप स्कोरर बने । बिजयी टिमका अर्पण गुरुङ भने यस समुहको बेस्ट प्लेयर बने । च्याम्पियन तोङबा एफसीले एक हजार पाउण्ड र उपबिजेता एमबिजेडले पाँच सय पाउण्ड हात पारे ।

प्रत्येक समुहका बिजेता र उपबिजेता टिमलाई प्रमाणपत्र र खेलाडीहरुलाई ट्रफी प्रदान गरियो । बिजेता टिमहरुलाई भने शील्ड पनि प्रदान गरियो । सुपर भेटरन समुहको बिजेता टिमको लागि ट्रफीको प्रायोजन सुहाङ परिवार (Hasta ShuhangPrem Suhangलिम्बू टेक-सुहाङ) ले, भेटरनको बिजेताको लागि Dilmaya Memorial Foundation (Ran Limbu), Nagendra Nembang र Shanti Limbu ले संयुक्त रुपमा र मुख्य समुहका बिजेता टिमको लागि ट्रफी प्रायोजन अध्यक्ष Chandra Sundas ले गरे । मुख्य युवा समुहको बिजेता टिमको शील्ड प्रायोजन भने समाजका कार्यकारी सदस्य चन्द्र लावतीले गरे ।

सुपर भेटरनको उपबिजेताको लागि नगद तीन सय पाउण्डको प्रायोजन Peepal Mortgages का प्रवन्ध निर्देशक सूर्य गुरुङले र ट्रफीको प्रायोजन Hangpal MakhimBom Limbu Libang र Hari Bahadur Laoti ले संयुक्त रुपमा गरे । उक्त समुहको बिजेताको शील्ड प्रायोजक लावती परिवार (Kumari Lawati Angbo ) ले धरान समाजलाई शील्ड प्रदान गर्यो ।

त्यस्तैगरी सुपर भेटरन, भेटरन र मुख्य टिमका लागि बेस्ट प्लेयरको ट्रफी प्रायोजन क्रमशः Mitra RaiBina Yekten Limbu र Chitra Nembang ले गरे भने टप स्कोररको ट्रफी प्रायोजन क्रमशः Limbu Limbu Kambang Kailash , Bishnu Limbu Sireng र Yadhuchandra Lawati ले गरे ।

समाजका पूर्व सचिब Khagen Lawati, बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङ र कार्यक्रम उपसंयोजक Bhagirath Jabegu तीन जनाले दिनभर संयुक्त रुपमा खेलको उदघोषण गरे ।

प्रतियोगितामा प्रमुख अतिथि Embassy of Nepal, London को द्वितीय सचिब Lawa Subedi लगायत अन्य अतिथिहरुमा कियाचु यूके अध्यक्ष Mennimang Menyangbo Dilsing, कियाचू सल्लाहकार नर कुमारी लिम्बु (Arashem), Yakthung Mangena Chumlung Belayat अध्यक्ष कमला लिम्बु, नेपाली जनसम्पर्क समिति एनपीसीसीयूकेसभापति Yuba Raj Gurung र उपसभापति तर्कजंग गुरुङ, ताप्लेजुङ समाज यूके अध्यक्ष Amrita Palunwa, संखुवासभा समाज यूकेका प्रतिनिधि बिमला लिम्बु, पाँचथर समाज यूकेका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु र अन्य सदस्यहरुको उपस्थितिको उपस्थिति रह्यो । अतिथिहरुको सत्कारमा समाजकी उपाध्यक्ष Shanti Limbu र महिला बिभाग संयोजक नन्द कुमारी सुन्दास तैनाथ थिए ।

सबै समुहको खेलको समापनपछि पुरस्कार बितरण समारोहको आयोजना गरियो । समाजका महासचिब Khusi Limbu ले सञ्चालन गरेको समारोह कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास लण्डनका द्वितीय सचिब Lawa Subedi थिए । प्रमुख अतिथि सुवेदीले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गरेकोमा पाँचथर समाज सेवा यूकेलाई र बिजयी खेलाडीहरुलाई बधाई दिए । उनले पाँचथर समाज सेवा यूकेले गर्ने यस्ता सृजनात्मक कृयाकलापहरुमा नेपाली दुतावासको सधैं सहयोग र सद्भाव रहने प्रतिवद्दता जनाए । त्यस्तैगरी पाँचथर कप प्रतियोगिताका प्रमुख संयोजक Tekindra Mabo ले सहभागी टिमहरु, खेलाडीहरु, रेफ्रीहरु र खेललाई सफल पार्न सहयोग गर्ने सबै ब्यक्ति र संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

पुरस्कार बितरण समारोह कार्यक्रमको समापन गर्ने क्रममा समाजका अध्यक्ष Chandra Sundas ले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे । उनले सातौं पाँचथर कप सफलतापूर्वक सम्पन्न गर्ने सबै ब्यक्ति, संघसंस्था, टिम, खेलाडी, प्रायोजक र पाँचथर समाज यूकेको सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । अध्यक्ष सुन्दासले भबिष्यमा पनि सबैबाट सोही स्तरको सहयोगको आशा ब्यक्त गरे। लन्डन नेपाल न्युजका प्रधान संपादक शिब भण्डारी र सहकर्मी होमनाथ पौडेलको बिशेष रिपोर्ट