एनआरएनए अमेरिकाको अध्यक्षमा राम सी पोखरेलको उम्मेद्वारी

न्यूयोर्कः मन, वचन र कर्मले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको सर्वाङ्गिण हितमा लाग्ने प्रतिवद्धताका साथ राम सी पोखरेल एनआरएनए अमेरिकाको चुनावी मैदानमा उत्रनु भएको छ । अमेरिकी नेपाली समाजभित्र गाँजिएका सम्पूर्ण मतभेदलाई चिर्दै उहाँले अध्यक्ष पद्का लागि उम्मेद्वारी दिनु भएको हो । उहाँ जस्तो सफल, सक्षम र कुशल व्यक्तित्वको उम्मेद्वारीले अमेरिका स्थित सम्पूर्ण नेपालीलाई उत्साहित गराएको छ । लगनशील र कर्मठ व्यक्तित्व चुनावी मैदानमा उत्रिएर नेपाल र नेपालीको हितमा लाग्नु अमेरिका स्थित नेपालीहरूले सौभाग्य मानेका छन् ।
एनआरएनए अमेरिकीलाई बलियो बनाउन तथा यहाँ भएका विसंगती र विकृतीहरू हटाउन उहाँ जस्तो प्रतिभाशाली नेतृत्वको खाँचो रहेको औल्याइएको छ । उहाँ सामाजिक सेवामा आउँदा अमेरिकामा बस्ने हरेक नेपालीको लागि गौरवको विषय बनेको छ । समाजको उत्थानका लागि यस्ता दक्ष र सवल व्यक्तित्व आवश्यकता रहेको औल्याउँदै अमेरिका स्थित नेपाली समाजले उहाँको उम्मेद्वारीलाई गौरवका साथ लिएका छन् ।
पोखरेलको उम्मेदवारीले संंस्था जस्तो सुकै दुविधाहरूमा जकडिएर रोगी भएपनि सहजै उपचार पाउने आम आप्रवासी नेपालीहरूको विश्वास छ ।
विदेशमा बस्ने सबै जातजाति, धर्म, लिंङ्ग, वर्णका लागि एनआरएनएलाई दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापना सकिने उहाँले आशयहरू पनि उहाँले पोख्दै आउनु भएको छ । संस्थालाई हरेक आप्रबासी नेपालीको सपना साहकार पार्ने साझा चौतारीको रुपमा विकास उहाँो दुढ इच्छा छ ।

उहाँले एनआरएनए अमेरिकाको नेतृत्व सम्हालेमा आर्थिक विकासका माध्यमबाट समुन्नत समाज निर्माणमा एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी नेपाल भित्र्याउन सहज हुने बताइएको छ ।
सुरेश कोइराला