एनआरएनएलाई आर्थिक सम्पन्नता तर्फ डोर्याउने तेम्बा नुर्बु लामाको प्रतिवद्धता

न्यूयोर्कः एनआरएनए अमेरिकामा अहिले चुनावी माहोल तालिरहेको छ । संस्थालाई दीगो, संस्थागत विकास र प्रभावकारी बनाउन कुशल नेतृत्वको आवश्यकता पर्ने महशुस सर्वत्र गर्न थालिएको छ ।
संस्थालाई बलियो नयाँ र नविन सोचका साथ अघि बढाउन सरल स्वभाव, शिष्ट र इमान्दार व्यक्तिको रुपमा आफ्नो पहिचान बनाएका ाले एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनु भएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायको क्षमतालाई अझ सवल बनाउन र एनआरएनमा देखिएका अप्ठ्याराहरू फुकाउन सक्षम एनआरएनए हुनुपर्ने सर्वत्र महशुस गरिएको छ ।
सीप र आर्थिक सवलताको पूर्ण उपयोग गर्दै अमेरिकी नेपाली समुदायलाई आर्थिक सम्पन्नता तर्फ डो¥याउन युवा पुस्ताको खाँचो छ ।
संस्थालाई अमेरिकाबासी नेपालीको आस्थाको केन्द्र बनाउन तथा दीगो रुपमा अघि बढाउन अत्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति योजना बनाएर अघि बढ्ने लामाको योजना छ ।
सन् २००२ मा अमेरिका आएका लामा सन् २०१३ मा एनआएएनए आईसीसीको सदस्य हुनुहुन्थ्यो भने हाल न्यूयोर्क च्याप्टरका सभापति हुनहुन्छ ।
थोरै बोल्ने धेरै काम गर्ने उहाँले अमेरिका स्थित स्थानीय विभिन्न संघ संस्थामा आवद्ध रहेर विभिन्न उल्लेखनिय कामहरू गर्नु भएको छ ।
अप्ठ्यारो परेका हरेक नेपालीमा सद्भाव र माया राख्ने उहाँको मिजासिलो स्वभावले सबैमा लोकप्रिय बन्न पुग्नु भएको छ ।
एनआरएनए अमेरिकालाई राम्रोसँग बुझ्न सक्ने व्यक्तित्वका रुपमा स्थापित भइसक्नु भएको छ । सिन्धुपाल्चोकमा जन्मिएर अमेरिकालाई कर्म थलो बनाउनु् भएका उहाँसँग पुरानो अनुभव र ज्ञानको भण्डार छ ।
एनआरएनएभित्र छरिएर रहेका फूलहरुलाई एउटै मालामा उन्ने दुढ अठोटका साथ अघि बढ्नु भएका लामा संस्थालाई आशा र भरोसा लाग्दो संस्था बनाउन सक्ने विश्वास सम्पूर्ण नेपालीहरूले लिएका छन् ।
अमेरिकामा बस्ने नेपालीको समृद्धि र सवलीकरणका लागि मैले उम्मेद्वारी दिएको उहाँले बताउनु भएको छ ।

सुरेश कोइराला