पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित

लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित भएका छन् । आईतवार अल्डरसटको एम्पायर हलमा सम्पन्न सोसाइटीको ७ औँ अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

१८ सदस्यीय समितिको उपाध्यक्षमा विनोद पुरी, एकबहादुर पुन र सन्जीव गुरुङ, महासचिवमा भरत पौड्याल, सह-सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल र सह-कोषाध्यक्षमा बासुदेव पौडेल रहेका छन् ।
सदस्यहरुमा हिमलाल भट्टाराई, अप्सरा गुरुङ, धुव्र दत्त, सञ्जय भण्डारी, बाबुराम भुषाल, अंग गर्बुजा, गंगा खोर्जा, यामवहादुर थापा, भिम पुर्जा, मेखबहादुर पुन र नारायण गिरी चयन भए ।

साधारणसभामा निबर्तमान अध्यक्ष दधि आचार्यको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरान गिरी, सल्लाहकार एवम् पूर्व अध्यक्ष नरजंग गुरुङ, सल्लाहकार तथा तमुधि यूकेका अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार तथा पोखेरली मन्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, सल्लाहकार एवम् चारभञ्जाङ तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङ, सल्लाहकार एवम् पैयुखोला मगर समाजका अध्यक्ष धनवहादुर थापा, पर्वत समाज हङकङका उपाध्याक्ष भिमवहादुर गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा तमुधि यूकेमा निर्वाचित उपाध्यक्ष हितकाजी गुरुङ, सदस्यमा निर्वाचित युवन गुरुङ, हङकङवाट आएका भिम गुरुङ र नेपालवाट आएका डिल्लीराम शर्मालाई सम्मान गरिएको थियो।

कार्यक्रममा महासचिव भरत पौड्यालले संस्थाले २ वर्षमा गरेका कामबारे जानकारी गराए भने कोषाध्यक्ष नेत्र आलेले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *