लन्डन- गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही डिसेम्बर २९ र ३० तारिखमा हुँदैछ । त्यसको लागि एनआरएन युगान्डाले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बैठक युगान्डाको राजधानी सहर कम्पालामा हुँदैछ ।

आयोजक राष्ट्र एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९–३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।

बैठकको उद्घाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्दसत्रमा समेत युगान्डा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपालसँग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।

गैर आवासीय नेपाली बिज्ञहरुद्वारा अफ्रिकाका ठुला बिकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साट्न सकिने विषयमाथी समेत छलफल हुनेछ ।

त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरुद्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पूर्बअध्यक्ष रमेश कंडेलले जानकारी गराए ।

बैठकमा कायरोस्थित नेपाली दूतावासका राजदूत झबिन्द्र अर्याल समेत संघका अन्तराष्ट्रिय समितीका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थिती रहने जानकारी संघका पूर्बआइसीसी सदस्य जीबनाथ पगेनीले जानकारी दिए ।

मूल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी पनि त्यहा सम्पन्न हुनेछ । बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फर नेपाल रहेका छन ।

फेसबुक कमेन्ट