लण्डन । बेलायतस्थित बैंकर म्यागाजिनबाट विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड पाएका पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा रामशरण महतलाई बेलायत कांग्रेसले सम्मान गरेको छ ।![12570991_10205565739531685_967982721_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12570991_10205565739531685_967982721_n1.jpg)
सभापति लोक गुरुंगको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महतलाई बधाई ज्ञापन गर्न बेलायतका विभिन्न ठाउंबाट कांग्रेसजनहरु भेला भएका थिए
उक्त अवसरमा महतले यो राष्ट्रिय सम्मान भएको प्रतिक्रिया दिए । ‘मलाई यो सम्मान दिलाउन नेपाल सरकार, योजना आयोग, समकक्षी साथीहरु लगायत सबैको सहयोग प्राप्त भएको छ । उहांहरु सबै बधाइका पात्र हुनुहुन्छ’, महतले भने, ‘यसले मलाई देशको पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरित गरेको छ ।
कार्यक्रमका विशेष अतिथी तथा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले अवार्डका लागि महतलाई बधाई दिदै उनको अनुभव र विद्धताबाट मुलुकले भविष्यमा पनि अझै बढि लाभ लिन सकोस भन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्य, एनआरएन यूके पूर्व अध्यक्षहरु सुर्य गुरुंग र योगेन क्षेत्री, आईसिसी सल्लाहकार विश्वआदर्श पण्डित, प्रवासी नेपाली समाज अध्यक्ष रोशन सापकोटा, एनआरएन यूके उपाध्यक्ष हिराधन राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी तथा पत्रकारहरु पनि उपस्थित थिए ।
जनसम्पर्क समितिका बेलायतका महामन्त्रीहरु शिब तिमल्सिना र आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा सदस्य कृष्ण गुरुंगले स्वागत मन्तव्य दिएका थिए
कार्यक्रमको अन्त्यमा सहभागहिरुले राखेका विभिन्न जिज्ञासाहरुको डा महतले जवाफ दिएका थिए ।






