
सिरहा- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज फेरि बिरामी पर्नुभएको छ । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उहाँ बिरामी पर्नुभएको हो ।
“अचानक उच्च रक्तचाप बढेर बेहोस भएपछि उपचारका लागि लहानस्थित डिभाइन अस्पतालका डा चन्द्रशेखर यादवलाई बोलाएँ”– सद्भावना पार्टीका महासचिव राजु गुप्ताले भन्नुभयो– “डाक्टरको सल्लाहअनुसार अहिले उहाँ बेडरेस्टमा हुनुहुन्छ ।”
विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा झडपमा गम्भीर घाइते हुनुभएका महतो दिल्लीमा उपचार गराएर तीन दिन अगाडिमात्रै काठमाडौँ पुग्नुभएको थियो । दिल्लीका चिकित्सकले अध्यक्ष महतोलाई केही दिन आराम गर्न सुझाव दिए पनि उहाँ सल्लाह नमानेर काठमाडौँ पुग्नेबित्तिकै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको थियो ।






