शिब भण्डारी

लन्डन। म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरिएको छ । साढे २ वर्ष अगाडि नियुक्त भएका उनलाई मंगलबार बर्खास्त गर्ने निर्णय भएको हो । उनको नेतृत्वमा दुई महत्त्वपूर्ण ट्रफी हात परेको थियो । मोरिन्हो चेल्सीबाट निकालिएको तीन वर्षपछि म्यान्चेस्टर युनाइटेडबाट पनि बर्खास्तीमा परेका हुन् । लिभरपुलसँग ३–१ ले पराजित भएपछि उनी दबाबमा थिए । यो प्रिमियर लिगमा क्लबको पछिल्लो २९ वर्षयताकै खराब प्रदर्शन थियो।

मोरिन्होको खेलाडीसँगको टकराबका कारण युनाइटेडले राम्रो गर्न नसकेको आरोप छ । टकराबमा मोरिन्हो पछि परेको देखिएको छ । विशेष गरी मोरिन्हो र मिडिफिल्डर पउल पोग्बाबिचको सम्बन्ध खराब बनेको देखिएको छ ।

मोरिन्हो सन् २०१६ को मे मा लुइस भान गाललाई प्रतिस्थापित गर्दै युनाइटेड आएका हुन् ।

फेसबुक कमेन्ट