काठमाडौं- तीसवर्षे नेपाली युवा उत्तम मोक्तानले सबैभन्दा लामो समय योगासन गरी विश्व कीर्तिमान कायम गर्ने भएका छन्।
वाल्मीकि विद्यापीठमा बिहीबार ११ बजेदेखि विविध योगासन सुरु गर्ने उनले भारतीय नागरिक योगराज सीपीले हङकङमा निरन्तर ४० घन्टा १५ मिनेट गरेको योग म्याराथनको विश्व कीर्तिमान तोड्नेछन्। आठ महिनाअघि राखिएको उक्त कीर्तिमान तोड्न उनले कम्तीमा ४५ र बढीमा ५० घन्टा योगासन गर्ने बताइएको छ ।
वाल्मीकि विद्यापीठको योग विभागको सहयोगमा विश्व दर्शन अभियान नेपालले कीर्तिमान राख्नका लागि पहल गर्नेछ।काभ्रे फोक्सिङटार ३ का मोक्तानले योग म्याराथनमा विश्व रेकर्ड कायम गर्न लागेको बताए।
महिलातर्फ जर्मनीकी महिलाले ३२ घन्टे योग म्याराथन गरेकी रहिछन्।






