काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प पीडितहरुको अवस्था बुझ्न बिहीबार गोरखा गएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ओलीले बारपाक, छेकम्पार र केरौंजा गाविस पुगेर पीडितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बारपाक बैशाखे भूकम्पको केन्द्रबिन्दु हो ।
ओली हेलिकप्टरबाट बारपाक पुग्ने र त्यसपछि चीनको तिब्बतसँग सिमाना जोडिएको छेकम्पार गाविस पुग्ने प्रहरी नायब उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।






