लण्डन । नेपाल बिद्यार्थी संघ बेलायतलेले मृगौला रोगबाट पीडित दोलखा झूले–६ का सुन्दर कार्कीलाई १ लाख ८० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाल विद्यार्थी संघ यूकेका उपसभापति नवराज कार्कीको अगुवाईमा संकलन गरिएको उक्त रकम आइतबार नेपाली कांग्रेसका निबर्तमान महामन्त्री तथा पूर्वमन्त्री प्रकाशमान सिंह साथै नेपाल बिद्यार्थी संघ बेलायतका सभापति उमेश भण्डारी लगायत ले कार्कीलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सिंहले पीडित सुन्दर कार्कीको स्वास्थ लाभको कामना गर्दै नेविसंघ बेलायतप्रति बिशेष धन्यवाद ज्ञापन गरेका थिए । सिंहले सामाजिक कामका लागि नेविसंघ बेलायतको प्रयास सह्रानीय रहेको बताए । आर्थिक अवस्था कमजोर भएका कार्कीले यो रकमबाट मृगौला प्रत्यारोपण गर्ने भएका छन ।
रकम संकलनमा महत्वपुर्ण भूमिका निर्वाह गरेका नेविसंघ बेलायतका नेता राजन खकुरालले सुन्दर कार्की सहयोग आभियनमा सहयोग गर्ने सबैमा बिशेष धन्यवाद दिए ।
नेविसंघ बेलायतका कार्यबाहक सभापति गणेश दाहालले नेविसंघले आगामी दिनहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै जाने साथै जसरी पार्लियामेन्ट स्क्वायरमा आयोजना भएको बुद्द जयन्ती कार्यक्रममा बिशेष सहयोग गर्यो तेसरीनै आगामी दिनहरुमा बेलायतमा रहेका नेपाली संघसस्थासँग सहकार्य गर्दै राष्ट्रिय हितमा यस्ता सामाजिक कार्यहरु गर्दै जाने बताए ।![13278088_10206408853929018_554576942_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13278088_10206408853929018_554576942_n1.jpg)







