लण्डन । किरात, राई जातिको संस्कृति र भौतिक विकासको विषयमा केन्द्रित रहेर बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा निर्माण भएको चलचित्र यारीको प्रदर्शनका लागि बीरबहादुर राई (युवराज) लण्डन आईपुगेका छन् ।
उनी हिथ्रो बिमानस्थलमा टर्मिनल २ मा मगंलबार बेलुका आइपुगेका हुन् । राईको स्वागतार्थ किरात राई यायोक्खा युकेका अध्यक्ष योगेश राई,तथा कपिल राई लगायत विमानस्थलमा पुगेका थिए ।

चलचित्र यारी यही मार्च ४ तारिख अल्टरसट स्थित प्रिन्सेस हलमा दिउँसो २ बजे देखि प्रदर्शनको तयारी पुरा भएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले लन्डन नेपाल न्युज लाई बताए ।
फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले ले बताए ।
चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आप्नो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाजलाई संरक्षण र सम्बद्र्धन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको छ ।भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामिण भेगमा छायांकन गरिएको निर्देशक राईले ले बताए ।
चलचित्र हेर्न समय मिलाएर हलसम्म पुग्न किराँत राई यायोख्खा युकेले सबैसगं अनुरोध गरेको छ ।
चलचित्र हेरिदिन आग्रह गर्दै आयोजकले भिडिओ सन्देश जारी गरेका छन् भने निर्देशक बिर बहादुर राई
ले पनि आफ्नो चलचित्र यारी हेरिदिन आग्रह गरेका छन् ।
Date: Sat 04 March 2023 Venue: Princes Hal, Aldershot GU11 1NX Time: 1400hrs (2PM)






