काठमाडौं– बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् ।
जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।
घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।






