लन्डन – गैर आवासीय नेपाली संघले सिसेल्स जेल गार्ड रोजगारीको नाममा भइरहेको ठगी रोक्न माग गर्दै एनआरएन अफ्रिकाले श्रम मन्त्री गोकर्ण विष्टको ध्यानर्कषण गराएको छ । एनआरएन अफ्रिका क्षेत्रले सिसेल्स जेल गार्डको नामा लुटतन्त्र मच्चाइएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको हो ।

सिसेल्समा अब नेपाल सरकारले तोकेको मापदण्ड, म्यानपावर र निश्चित शुल्कमा मात्र जान पाइने छ । सिसेल्स सरकार वा कुनै कम्पनीले नेपाली कामदार भित्र्याउन चाहेमा अब सिधै भ्यानपावर एजेन्सी नभई नेपाल सरकार श्रम एवम् बैदेशिक रोजगार मन्त्तालयसँग समन्वय गर्नु पर्ने हुन्छ । अन्यथा नेपाल सरकार द्वारा श्रम स्वीकृति पाउने छैन ।

त्यस्तै, एनआरएन अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले सो वििषय नेपाल सरकारका श्रम एवम् रोजगार मन्त्ती गोकर्ण विष्टलाई सो विषयमा जानकारी गराएका छन् । संयोजक कार्कीको नेतृत्वमा गएको एनआरएनको टोलील्े मन्त्री विष्टको ध्यानर्कषण गराइएको हो । भेटभाटमा मन्त्री विष्टले भन्नुभयो, ढुक्क हुनुहोस अब यो तरिकाले नेपाली कामदार लाई सिसेल्स जाने अनुमति दिईने छैन।

मन्त्री विष्टले भने, सिसेल्स सरकारद्वारा नेपाल सरकारको श्रम एवम् रोजगार मन्त्तालयसँग नेपाल सरकारको श्रम मन्त्तालयले निर्धारण गरेका मापदण्डमा छिर्दैनन् तबसम्म नेपाल सरकारद्धारा श्रम स्वीकृति दिईने छैन ।
पटक पटक ठगी मुद्धा खेपेका काठमाडौंका केही म्यानपावरहरुले सिसेल्स जेल गार्ड रोजगारीको नाममा गैर कानुनी तरिकाले अन्तरवार्ता लिइरहेको पाइएको छ । अन्तरवार्ता गराउने मेनपावर नै पटक पटक ठगी मुद्धा खेपीरहेको पाइएको छ ।

सिसेल्स मै कार्यरत केही नेपाली र नेपाल सरकारका केही बिकाउ कर्मचारी हरू प्रलोभनमा परी गैर कानूनी ढंगबाट अन्तरवार्ता गराई रोजगारीका नाममा सोझा गरिब नेपालीहरू लुट्ने प्रयास भइरहेको भन्दै एनआरएन अफ्रिकाले यस्ता अन्तरवार्तामा भाग नलिन र लिइसकेकाहरुले रकम नबुझाउनु हुन अनुरोध गरिएको छ ।

फेसबुक कमेन्ट