धुर्मुस सुन्तली फाउन्डेशनलाई साझा नेपाली समाज यू.के.को सहयोग

m1

पिटरबरो,

बेलायतको मिड्ल्याण्ड र यस वरपर रहेका विभिन्न चारसंस्थाहरु मिलेर बनेको नेपालीहरुको संगठन साझा नेपाली समाज यू.के.ले समाजमा बसोवास गर्दै आएका मनकारी नेपाली परिवारहरुबाट रु.४१२७९२ एकिकृत नमूना वस्ती बनाउने अभियानमा लागी परेको धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गरेका छन् । साझाका उपाध्यक्ष महेश अधिकारीको संयोजकत्वमा चलाईको रकम संकलन अभियानलाई साझासंग आवद्ध संस्था नटिंघम नेपाली समाज, पिटरबरो नेपाली समाज, श्रृजनशील लेष्टर समाज, हाम्रो नेपाली समाज ओल्भरह्याम्पटन, गोरखा कम्युनिटी पिटरबरो र वरपरका सदस्यहरुबाट सहयोग रकम उठेको हो । गत हप्ता साझाका कोषाध्यक्ष नारायण फूयाल एवं नटिंघम नेपाली समाजका कोषाध्यक्ष पुरन कँडेलले धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यलयमै पुगेर सो रकम हस्तारन्तरण गरे ।

बेलायतको मिडल्याण्ड र यस वरपर छरिएर रहेका नेपालीहरुलाई एकजुट पार्ने अभिप्रायका साथ गठित साझा नेपाली समाजले विगतमा झैं कर्मभूमि बेलायत र मातृभूमि नेपालमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । एकिकृत नमूना वस्ति अभियानले सबै नेपालीहरुलाई प्रेरित गरेझैं हाम्रो समाज पनि प्रेरित भएको र यसलाई सघाउनका लागि साझाले यो अभियान चलाएको कुरा साझाका उपाध्यक्ष एवं रकम संकलन संयोजक महेश अधिकारीले बताए ।

साझाका अध्यक्ष रण के.सी.ले सहयोगी मनहरुको साथले छोटो समयमा साझा नेपाली समाजले चार लाख भन्दा बढी रकम संकलन गर्न सकेको र आउँदा दिनहरुमा पनि यस्तै अन्य सामाजिक कार्यमा साझाको संलग्नता अझ तीब्र रहने कुरा बताए ।