लन्डन । युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको निर्वाचन मिति नजिकिए पछि चुनावी चहलपहल बढ्दै गएको छ।

संस्थाको २९ औ अधीवेसन आगामी अप्रिल २८ मा हुने लागेको हो । महाधिवेशन नजिकिंदै गर्दा आकांक्षीहरुले भेटघाट र चुनावी तयारीलाई तीब्र बनाएका छन् ।

गतआइतबार ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा समितिको बैठकलेअधिवेशन मिति तय गरेको हो ।

कार्यसमीतीको बैठकबाट एसोसीयसनको २९ औ नयाँ नेतृत्व चयनका लागि एनआरएनए यूकेका महासचिव आर के त्रिपाठीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । जसमा एसोसीयसन युकेका पुर्व अध्यक्ष उमेसराज मोक्तान तथा संस्थाका सल्लाहकार क्याप्टेन रत्न श्रेष्ठ रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको संस्थाका अध्यक्ष सशीधर नेपालले जानकारी दिएका छन् ।

अध्यक्ष नेपाल तथा महासचीव बाचस्पति रेग्मीले अधीवेसनलाई भब्यताका साथ सम्पन्न गर्न यती नेपाली एसोसीयसन यूकेका सम्पूर्ण आजीवन सदस्यहरु एवम नयाँ सदस्यहरुलाई सहभागी हुन आव्हान समेत गरेका छन् ।

 नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ

सदस्यता फारम र उम्मेदवारी दर्ता फाराम प्राप्त गरीने स्थान: निर्वाचन समीती वा कार्यसमीतीबाट (सम्पर्क आर के त्रिपाठी संयोजक निर्वाचन समीती ०७७९८६९४८१६ वा गोल्डेनसीप रेष्टुरेन्ट रिसेप्सन HA2 8HA)सदस्यता बुझाउने अन्तीम मिती :२८ अप्रील ११:०० बजे बिहानसम्म ।सदस्यता माथी दावी बिरोध:११:३० बजे सम्म।उम्मेदवारी दर्ता :११:४० देखी १२:३० उम्मेदवार उपर दाबी बिरोध:१२:३० देखी १३:०० सम्म।उम्मेदवारको अन्तिम नामावली प्रकासन :१३:३० मा।मतदान शुरु :१४:०० बजेदेखी १६:०० बजे सम्म ।मतगणना :१६:३०बजेबाट निर्वाचित कार्यसमीती घोषणा मतगणना पश्चात बेलुका गरिने भएको छ ।

फेसबुक कमेन्ट