नयाँ दिल्ली , १५ असोज । – भारतको उत्तर प्रदेशस्थित दाद्रीमा उर्लिएको भीडले एक स्थानीय व्यक्तिलाई कुटेर मारेको छ । ५० वर्षीय महोमद्ध अकलाकलाई गोरुको मासू खाएको हल्ला चलेपछि स्थानीयहरुले पिटेका थिए । उनको निधन भयो भने उनका २२ वर्षीय छोराको शरीरमा थुप्रै चोटहरु लागेका छन् ।
प्रहरीले बताए अनुसार बिसारा गाउँमा महोमद्धको परिवारले गोरुको मासु खाने गरेको हल्ला चलेको थियो । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । यसअघि हुलदंगाका क्रममा प्रहरीले गोली समेत चलाउनु परेको थियो । त्यसक्रममा राष्टिय थर्मल पावर कर्पोरेशनमा काम गर्ने एक २० वर्षीय वेल्डर समेत घाइते भएका छन् । प्रहरीले अकलाकको घरबाट मासुको टुक्रा परिक्षणका लागि पठाइएको बताएको छ । अकलााककी छोरी सजिदाले उक्त मासू खसीको रहेको बताएकी छिन् ।






