वैद्य पत्नीले यसरी दिइन् अंग्रेजीको परिक्षा (फोटोफिचर)

काठमाडौं, चैत ५ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्मा वैद्य बिहीबार सुरु भएको एसएलसी परीक्षामा सहभागी भएकी छिन् । बिहिबार बिहानै सामाखुसीको टोखा रोडस्थित मनोहरा माध्यमिक विद्यालयमा पुगेकी सुष्माले आफूभन्दा आधा उमेरका परिक्षार्थीहरुसँग बसेर परिक्षा दिएकी हुन् । ५८ वर्षीया सुष्मा एसएलसी दिन पाउँदा निकै उत्साहित देखिएकी थिइन् ।

५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुवात गरेकी हुन् । विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको हो ।

sushma baidhya (4)
विद्यालय भर्ना गर्नुअघि सुष्मा सामान्य लेखपढ गर्नमात्र सक्थिन् । जनयुद्धका क्रममा उनी आफ्ना पतिसँग भूमिगत रहेकी थिइन् ।

‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि विद्यालयमा भर्ना भएकी थिइनन् ।

उनी सुरुमा उक्त विद्यालयको कक्षा १ मा भर्ना भएकी थिइन् ।

sushma baidhya (3) sushma baidhya (1) sushma baidhya (5)