लन्डन– बेलायतबाट सञ्चालित लोकप्रिय अनलाइन ‘लन्डन नेपाल न्यूज डट कम’को यूरोप प्रमुखमा रमेश कँडेल नियुक्त भएका छन् ।
लन्डन नेपाल न्यूज डट कमको सञ्चालक समितिको बैठकले कँडेललाई यूरोप प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यूरोपियन यूनियन (ईयू)को संसद, बेनेलक्सको हेडक्वाटरसमेत रहेको बेल्जियममा नेपाली समूदायको पनि बाक्लो उपस्थिति रहेको छ ।
लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक आर.के. त्रिपाठी, प्रधान सम्पादक शिव भण्डारी र सम्पादक एभरेष्ट गौतमले कँडेलको कार्यसफलताको शुभकामना दिएका छन् ।
विगत १८ वर्षदेखि बेल्जियममा स्थायी बसोबास गर्दै आएका कँडेलले विभिन्न पत्रपत्रिका तथा अनलाइनमा लेख तथा स्तम्भ लेख्दै आएका छन् ।
धादिङको मलेखुमा जन्मिएका कँडेलको नियुक्तिले लन्डन नेपाल न्यूज डट कमको गुणस्तरीयता वृद्धि गर्न सघाउ पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।






