लन्डन– चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीस मगरको नयाँ गीत ‘सरर हावा सरर’ सार्वजनिक भएको छ ।
मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले जुना श्रीसको कौराह गीत ‘सरर हावा सरर’ बजारमा ल्याएको छ । सर्जक सीपी मगर को शब्दरसंगीत रहेको यस गीतमा जुनालाई बरिष्ठरचर्चित लोक गायक श्री खड्ग गर्बुजाले साथ दिएका छन् ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । उक्त गीतमा बेलायत बस्दै आएकी सबिता राना मगर (नाना) ले अभिनय गरेकी छन् ।
जुनाले अहिलेसम्म ५ सय भन्दा बढी गीत गाइसकेकी छन् ।






