इङ्ल्याण्डको यू– १६ राष्ट्रिय महिला फुटबल टिममा नेपाली चेली पनि

लन्डन– इङ्ल्याण्डको १६ मुनिका खेलाडीहरुको यू– १६ राष्ट्रिय महिला फुटबल टिममा नेपाली चेली पनि छनोट भएकी छन् ।

इङ्ल्याण्डको १६ वर्षमुनीको महिला राष्ट्रिय टोलीमा पूर्व गोरखा सैनिकको छोरी अस्मिता आले छनोट भएकी हुन् । प्रतियोगितामा अस्मिता भने इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै खेल्नेछिन् ।

अर्को महिना इङ्ल्याण्डमा आयोजना हुने युइएफए डेभलपमेन्ट टुनामेन्टमा स्पेन, इटली र फिनल्याण्डको टोलीसित इङ्ल्याण्डको टोलीको प्रतिस्पर्धा हुने बताइएको छ ।

यसअघि अस्मिता इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल सञ्चालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) मातहतको १५ वर्षमुनिको स्कुलस्तरिय अन्तर्राष्ट्रिय छात्रा फुटबल टोलीमा छानिएकी थिइन् ।