सिड्नी । न्यू साउथ वेल्स राज्य सरकारले साना व्यवसायीहरुको लागि कोरोनाभाइरस रिकोभरी प्लान अन्तर्गत ३९.३ मिलियन डलर सहयोग गर्ने भएको छ । कोभिड १९ महामारीको कारण प्रभावित बनेका साना व्यवसायीहरुलाई सहयोग गर्ने गरी कर छुट दिइने भएको छ । त्यसैगरी महिलाहरुलाई सहुलियतको रुपमा १० मिलियन डलर बाडिने भएको छ । कोरोना महामारीको कारण तहसनहस भएको अर्थतन्त्रलाई उकास्ने गरी सरकारले हरेक वयस्कहरुलाई १ सय डलरको भौचर पनि सहयोग गर्ने भएको छ । उक्त रकम मनोरञ्जन तथा आतिथ्यतामा खर्च गर्नेगरी दिन लागिएको हो ।
जसको लागि सरकारले ५ सय मिलियन डलर छुट्टाएको छ, जसले क्रिसमस पछि अर्थतन्त्रलाई अगाडी बढाउने विश्वास लिइएको छ । जसमा १८ बर्ष माथिका वयस्कहरुले २५ डलरको भौचर पाउने भएका छन्, उक्त रकम कोभिडमुक्त व्यवसायमा प्रयोग गर्न सकिने छ । “हामी चाहान्छौ कि मानिसहरुले मानिसहरुले आफ्नो पर्स खोलुन र सरकारले सञ्चालन गरेको प्रेरणा प्रभावको अभियानमा योगदान गरुन”, सरकारका कोषाध्यक्ष डोमिनिक पेरोटेटले भनिन् ।
सरकारले राज्य भित्र साना व्यवसायीहरुलाई बढवा दिने गरी ३९.९ मिलियन खर्च गर्न लागेको छ । उक्त फन्डमा यस अघि अप्रिल महिनामा विनियोजन गरिएके ९.८ मिलियन पनि समावेश गरिएको जसको कारण कार्यक्रम आगामी ४ बर्षको लागि लागू हुने भएको छ । उक्त कार्यक्रम अन्तर्गत व्यवसायीहरुलाई गत बर्षको आगालागी, खडेरी तथा महामारीबाट कसरी उठ्ने भन्ने विषयमा परामर्श तथा विभिन्न सीपलमूलक तालिम पनि दिइने भएको छ । “यो लगानी न्यू साथ वेल्सका साना व्यवसायीहरुको लागि हो, जसमा ब्रोकन हिल देखी ब्लाकटाउनको बाइरन बे सम्म पर्दछन्”, शनिवार सरकारका अर्थमन्त्री डेमिन टुडेहोपले भने । उनले थपे, “न्यू साउथ वेल्सका विभन्न ठाँउमा रहेका व्यवसाय परामर्शदाताहरुले साना व्यवसायीहरुलाई व्यवसाय शुरु गर्न, सञ्चालन गर्न र अगाडी बढ्न प्रेरित गर्नेछन् ।”
(photo -agency )






