नेपाली छात्र च्यारिटीको लागि २०१८ को लण्डन म्याराथुनमा भाग लिने

लण्डन ।युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी सन् २०१८ को लण्डन म्याराथुनमा भाग लिने भएका छन् ।

नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन लण्डन म्याराथुनमा भाग लिने कुरा शाहिलले बताएका छन् ।

उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ । उनले उक्त म्याराथुनमा भाग लिएर च्यारिटी बाट तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् ।

उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जानेछ । सहयोग गर्न चाहनेले लण्डन म्याराथुन को लिंक https://uk.virginmoneygiving.com/fund/kfn-shahil मा गएर सहयोग गर्न शाहिल कैनी र उनका पीता डा. बच्चु कैलाश कैनीले सबै नेपाली जनसमुदायलाई अनुरोध गर्नु भएको छ ।

लण्डन म्याराथुनमा उनको सहभागिताले अन्य नेपाली युवा र समुदायलाई पनि म्याराथुनमा भाग लिन र सामाजिक तथा अन्य पुण्य काम गर्न प्रेरणा मिल्ने छ ।