नेपालमा एक करोड बढीले लगाए कोभिडविरुद्धको खोप, विश्व स्वास्थ्य संगठनद्वारा बधाई

काठमाडौं । कोभिडविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथिका लक्षित जनसंख्या दुई करोड १७ लाख ५७ हजार सात सय ६३ छन् ।

जसमध्ये पहिलो मात्रा ५४ करोड २४ लाख आठ सय ३६ (१८ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५ दशमलव ४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ। किशोर किशोरीका लागि मोडेर्ना र फाइजर खोप प्राप्त हुँदैछ । सरकारले ६० लाख खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

यस्तै एक करोड बढी खोप लगाएसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनका तर्फबाट दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी हुन् ।