इन्डोनेसिया । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ ।
आइतबार बिहान साढे सात बजेतिर एकै समयमा ती तीनवटा चर्चमा छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।






