नेपाली पत्रकारलाई लन्डनमा बीबीसीका पत्रकारको प्रशिक्षण [फोटो फिचर]

लन्डन– नेपाली पत्रकारलाई लन्डनमा बीबीसीका पत्रकारले प्रशिक्षण दिएका छन् ।

1111नेपाल पत्रकार महासंघ, बेलायतले बेलायतस्थित नेपाली पत्रकारहरुको सीप अभिवृद्धिका लागि शनिबार फार्नबोरोस्थित भिलेज होटल क्लबमा आयोजना गरेको प्रशिक्षणमा बीबीसीका अनुसन्धान पत्रकार पल मायर्स र ब्यारिष्टर देवेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा डेढ दर्जन बढि पत्रकार सहभागी भए ।

2222सन् १९९५ देखि बीबीसीमा आवद्ध पलले पत्रकारहरुले अनुसन्धनात्मक रिपोर्टिङ गर्दा अपनाउनुपर्ने तरिका र सूचना लिने उपायबारे र ब्यारिस्टर देवेन्द्र श्रेष्ठले बेलायतको प्रेस ल र कानुनी पक्षबारे प्रिजेन्टेसन दिएका थिए ।

333प्रशिक्षण सुरु हुनुअघि शाखा अध्यक्ष नरेश खपांगीमगरले प्रशिक्षक र सहभागी पत्रकारहरुलाई स्वागत गर्दै शाखाले नेपाली पत्रकारहरुलाई पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसर मिलाएको जनाए । उनले समापनपछि प्रशिक्षकद्वयसहित प्रायोजकहरु कृष्ण तिमिल्सेना र रवि लामिछाने एवं सहभागीप्रति आभार व्यक्त गरे ।

4444प्रशिक्षणपछि शाखाका सल्लाहकार नवीन पोखरेलले प्रशिक्षकद्वयलाई ढाकाको टोपीले सम्मान गरे भने अर्का सल्लाहकार हरिकुमार गुरुङले पललाई मायाको चिनो स्वरुप खुकुरी प्रदान गरेका थिए ।chatri samaj 2016 0025555