बङ्गबन्धु गोल्डकप उपाधि जित्ने टोलीको भव्य स्वागत

footbalकाठमाडौँ- बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ ।

टोली बङ्गलादेशबाट दिउँसो करिब ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लँदा हजारौं फुटबल समर्थकले ‘यो जित कस्को नेपालको, गोर्खाली हामी कहिल्यै झुक्दैनौँ’ जस्ता नारा लगाएका थिए । राष्ट्रिय झन्डा बोकेका उनीहरुले विभिन्न राष्ट्रिय गीत गाएर विमानस्थलको रौनक बढाएका थिए ।

त्यस्तै, खेलाडीलाई स्वागत गर्न पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीलगायत विभिन्न पेसाका व्यक्तिहरुको पनि उपस्थिति थियो ।

footbal2त्यसपघि टोलीलाई पञ्चै बाजासहित विमानस्थलबाट, गौशाला, पुतलीसडक, शहिदगेट हुँदै दशरथ रङ्गशालामा पु¥याइएको थियो जहाँ सयौँको सङ्ख्यामा फुटबल समर्थक खेलाडीलाई स्वागत गर्न उपस्थित थिए ।

एक कार्यक्रमकाबीच राखेपका सदस्यसचिव केशवकुमार विष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधानलगायतले खेलाडीलाई स्वागत गर्नुभयो ।

footbal3मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रका लागि समर्पित भएर पूर्ण अनुशासनका साथ सबैले खेलेकाले उपाधि सम्भव भएको बताउनुभयो ।

त्यस्तै, कप्तान विराज महर्जनले नेपाली फुटबलप्रेमी दर्शकको माया पुनः फर्काउने उद्देश्यले टोली एक ढिक्का भएर खेलेकाले सफल नतिजा आएको बताउनुभयो ।

यसपटक नेपाली टोली फुटबलमा देखिएको २३ वर्षे उपाधिको खडेरी तोड्न सफल भएको हो ।