रामशरण पनि प्रधानमन्त्रीका उम्मेदवार

विराटनगर–नयाँ प्रधानमन्त्रीका बारेमा विभिन्न चर्चा परिचर्चा भइरहेको बेला अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेको दाबी गरेका छन्।

सात दिन भित्र प्रधानमन्त्रीका लागि कसैको नाममा सहमति भए पनि का”ग्रेस बाधक नहुने महतको भनाइ छ । जनताप्रति आन्दोलनरत मधेसी मोर्चा पव्रतिबद्ध नहु”दा समस्या समाधान हुन नसकेको महतले बताए । उनले भने, ‘वार्ताप्रति मोर्चा प्रतिबद्ध छैन ।’ ‘नोम्यानल्याण्डमा’ घेरावन्दी गरेर जनतालाई दुख दिनु प्रतिबद्धता नभएको महतको भनाइ छ । अनावश्यक रुपमा जनतालाई दुःख दिएर आर्थिक नोक्सानी गराएर कसैलाई फाइदा नहुने भएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु राम्रो हुने उनको सुझाव छ। उनले भारतले अघोषित रुपमा बन्द गरेको सीमा नाकाहरू चा”डै खुल्ने सूचना सरकारलाई आएकाले केही दिन भित्रै नाकाहरू सुचारु हुने बताए ।

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दे महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेकाले पार्टीको केन्द्रीय कार्यसमितिमा पहल थाल्ने बताएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेबारे तीन दल भित्र कुनै सहमति नभएको महतले बताए। उनले भने, ‘ओलीलाई प्रधानमन्त्री बनाउने भनेर १६ बुँदे समहतिको कुनै बुँदामा लेखेको छैन ।’ सकेसम्म सहमतीय नभए बहुमतका आधारमा नयाँ सरकार निर्माण हुने महतले स्पष्ट पारे।