लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलनमा बेलायतबाट सहभागी हुने प्रतिनिधि पारदर्शी र विधानसम्मत छनोट गर्न एनआरएन यूकेका पूर्वमहासचिव राजकुमार त्रिपाठीले माग गरेका छन् ।
बेलायतबाट अध्यक्ष, उपाध्यक्ष र महासचिवजस्तो गरिमामय पदमा उम्मेदवारी घोषणा गरिएको छ । अध्यक्ष पदमा कुल आचार्य, उपाध्यक्षमा थर्क सेन र महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरिसकेकाले प्रतिनिधि छनोट गर्न ढिलाइ गर्न नहुने भन्दै पूर्वमहासचिव त्रिपाठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘एनआरएनएको नवौं विश्व सम्मेलनका लागि काठमाडौँ जान इच्छुक धेरैजसो साथीहरुले डेलिगेट रजिस्ट्रेशन फर्म भरि सक्नु भएको छ। तर अहिलेसम्म कति जनाको निवेदन आयो, कुन प्रक्रियाबाट डेलिगेट छनोट हुने हो, नयां कार्यसमितिले केही बताएको छैन ।’ पूर्वमहासचिव त्रिपाठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हामीले पनि यसअघि सबै पक्षसंग सरसल्लाह गरेर बिना कुनै विवाद डेलिगेट काठमाडौँ लगेका हौँ । तर अहिलेसम्म हामीसंग कुनै सरसल्लाह गरिएको छैन ।
साथीहरु हाम्रो पालामा हामि हरुले ग्लोबल NRN सम्मेलनमा नेपाल मा डेलिगेट हुन चाहने सदस्यहरुले निवेदन दिए पश्चात तुरुन्त तपाईंको निवेदन प्राप्त भयो । हामी उपयुक्त निर्णय गरी एक्वानलेज पढाउने छौं भनि तुरुन्त उत्तर दिएका थियौं। त्यसको लागी एकटिम निर्माण गरेका थियौँ। निवेदन फारमको लागी पठाइएको लिङ्क पनि crash भएको छ। हामी बेलायतमा छौं। यहाँ यो देशको प्रधानमन्त्री कार्यलयमा निवेदन दिएत तुरुन्त रिस्पोन्स आउँछ। तपाई कार्यसमिती का साथीहरुले पदभार गरेपछि दायित्व लिन पर्दछ र सुचनाको हक बन्देज राख्न मिल्दैना यसले तपाईले चुनाब अगाडी मत माग्दा बोल्नु भएको बोक्नु भएको एजेन्डा र प्रतिवद्धता मा सस्तो पनि ल्याई नकारात्मक असर ल्याउँछ। यो कार्य केबल अध्यक्ष र महासचिब को मात्र हुन सक्दैन। यसको जिम्मेवारी अध्यक्ष उपाध्यक्षहरु महासचिब सचिब लगाएत संपूर्ण कार्यसमिको जिम्मेवारी हो। हामीले थाहा छैन अध्यक्ष लाई सोधौला भनि भाग्न मिल्दैन। तसर्थ NRNA बेलायत लाई भविष्यमा चलमय र हार्दिकता साथ अगाडी बढाउन आजदेखी हुर्कने बिरुवाको चिल्लो पात मर्ने विरुवाको फुस्रो पातको सिद्धान्त अनुरूप अगाडी बढाउन अनुरोध गर्दछु।
यसपटक त युकेबाटै कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। तयसैले डेलिगेट्स कसरी छानिंदै छ भन्नेतर्फ पुरै विश्वको ध्यान हामीतर्फ छ । यस्तो बेला बन्द कोठाभित्र बस्नुको सट्टा कार्यसमितिको बैठक बोलाएर, एउटा समिति गठन गरेर, पारदर्शी र विधानसम्मत हिसाबले जतिसक्दो चांडो डेलिगेट छनोट प्रक्रिया टुंगाउन म सम्बन्धित साथीहरु लाई आग्रह गर्दछु। कुनै पनि किसिमको सहयोगका लागि निवर्तमान कार्यसमिति तयार रहेको पनि जानकारी गराउन चाहन्छु विज्ञप्तिमा भनिएको छ ।






