काठमाडौँ, २२ भदौ । गुन्डा नाइकेको आरोप लागेका साजन महर्जनलाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले महर्जनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो । विभिन्न व्यक्ति र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको भनी परेको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
गुण्डा नाइके पक्राउ






