लण्डन । नेपाल पत्रकार महासंघ , बेलायत शाखाको आगामी मे १९ मा हुने चौथो अधिवेसनमा आतिथ्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लण्डन आउने पक्का भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्ट लण्डन आउने भएका हुन् ।
बेलायत शाखाको चौथो अधिवेसन अल्डरसटको एम्पाएर हलमा हुंदै छ ।
यसैबिच नेपाल पत्रकार महासंघ यूके शाखाको चौथो अधिवेसनका लागि आज पत्रकारहरु उम्मेदवारी दर्तामा व्यस्त देखिएका छन् ।
बेलायतमा एभरेष्ट ल सोलिसिटर्सको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ ।







