ललितपुर- मन्त्री निवासस्थित स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अज्ञात व्यक्तिले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ खसेको छ ।
निवास नजिकको एक रुखमा ठोक्किएको सो क्यामेरा नियन्त्रणमा लिई कसले उडाएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिनुभयो ।
विद्यमान कायमअनुसार यसप्रकारको क्यामेरा अनुमति नलिई प्रयोग गर्न पाइँदैन ।






