गोरखा २ मा बाबुराम र नारायणकाजीको रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

गोरखा- गोरखा क्षेत्र नम्बर २ का उम्मेदवारहरु नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्राईबीचको प्रतिस्पर्धा रोचक देखिएको छ ।

प्ररम्भिक चरणको मत परिणाम सार्वजनिक हुँदा अगाडी आएका नारायणकाजीलाई अहिलसम्म आइपुग्दा डा.भट्टराईले पछाडी पारेका छन् ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार संयोजक डा.ट्टराईले ६ हजार ५३४ मत प्राप्त गर्नु भएको छ । नेता श्रेष्ठले ५हजार ३९९ मत प्राप्त गर्नुभएको छ । मतगणनामा उहाँहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।