लण्डन ।बेलायतमा कोरोना भाइरस संक्रमण रोक्न गत मार्च २३ देखि लागू लकडाउन खुकुलो बनाउंदै ४ जुलाई देखि होटल, रेष्टुराँहरु खुल्न लागेका छन्।
मंगलबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा बोल्दै रेष्टुराँ, होटल, पब, कपाल काट्ने सैलुन, म्यूजिम, जुलाई ४ तारिख देखि खोल्ने घोषणा गरेका हुन्।यसै गरि पुस्तकालय मन्दिर, मस्जिद, चर्च लगायतका स्थल ,र क्यान्टिन समेत जुलाई ४ बाट खुल्ने भएका हुन्।
सरकारले नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लरहरु, जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरुलाई भने अझै खुल्न दिइएको छैन ।
यसैगरी जुलाई ४ देखि दुई परिवार भेट्न र बास बस्न सक्ने तर सामाजिक दुरी कायम गर्ने पर्ने छ ,भने विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ तर यी निर्णयहरु परिस्थिति हेरी फिर्ता गर्न समेत सकिने पनि बताएका छन्।
यसैगरी सरकारले सामाजिक दुरीलाई पनि घटाएको छ ।सम्भव भएको ठाउँमा २ मिटर र सम्भव नभएको ठाउँमा सामाजिक दुरी १ मिटर कायम गरे पुग्ने बताएका छन् ।
तर त्यस्तो अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनु पर्ने उनले प्रष्ट पारे । तर स्कटल्याण्ड तथा वेल्समा भने तत्कालका लागि सामाजिक दुरी २ मिटर नै रहने बताइएको छ ।






