अब हिन्दी गीततिर लागे खुमन अधिकारी

काठमाडौं- खुमन अधिकारी र श्यामकला भण्डारीको कमेडी रोयला गीत ‘मुझे अछ्छा लग्ता है…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विष्णु न्यौपानेको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन स्मृति तिमल्सिनाले गरेकी छन्। गीतमा हास्य कलाकार राजु पौडेल ‘राजु मास्टर’ र सुनिता गौतम ‘मैया’ले अभिनय गरेका छन्।