भुकम्प पिडितलाई गुल्मी जिल्ला समाज युकेको दश लाख बाईस हजार सहयोग

gulmiuk1

फडिन्द्र भट्टराई

लन्डन |

नेपालको गुल्मी जिल्ला घर भई बेलायतमा बसोवास गर्दै आइरहेका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज युकेले गत बैसाख १२ को महा भुकम्प पिडितहरुको राहतको लागी दश लाख भन्दा बढी रुपैयाको सहयोग उपलब्ध गराएको छ । संकलित सहयोग रकम मध्ये पांच लाख २२ हजार रुपैया भुकम्प पिडित गुल्मेलीहरुको राहतको लागी उपलब्ध गराइएको छ भने बाँकि पांच लाख प्रधान मन्त्रि राहत कोषमा दाखिला हुने गरी लन्डनको नेपाली दुतावासले खडा गरेको राहत कोषमा हस्तान्तरण गरिएको छ ।
गत बुधवार गुल्मी जिल्ला समाज युकेका केही पदाधिकारीहरू उक्त रकम हस्तान्तरण गर्न लन्डनको नेपाली दुतावास पुगेका थिए । संस्थाका मेडिया संयोजक तथा पत्रकार फडिन्द्र भट्टराईले संचालन गरेको छोटो औपचारीकतामा अध्यक्ष अर्जुन गौतमले देशै भरी परेको पिडाको अवस्थामा गृह जिल्ला गुल्मी लाई प्रार्थमिकतामा राख्दै गुल्मी बाहेकका अत्यन्तै प्रभावित ठाउहरुमा केन्द्रिकृत ढंगले रकम पुगोस भन्ने हेतुले उक्त रकम दुतावासमा हस्तान्तरण गरिएको बताए ।
गत हप्ता लन्डनको ब्लु आर्किड रेस्टुरेण्टमा बसेको समाजको पूर्ण बैठकले गुल्मी जिल्ला भन्दा देशका अरु जिल्लामा भूकम्पको ठुलो असर परेकोले संकलित मध्ये आधा रकम गुल्मी जिल्लामा र बाँकि रकम प्रधानमन्त्री राहत कोषको लागी दिने निर्णय गरिसकेको थियो ।

कार्यबाहक राजदुत तेज बहादुर क्षेत्रीले सहयोगको लागी नेपाल सरकारको तर्फ बाट धन्यबाद दिदै हस्तान्तरित रकम सके सम्म छिटो प्रधानमन्त्री राहत कोषमा पठाउने जानकारी दिएका थिए । सो अवसरमा संस्थाका महासचिव राम गलामी, सचिव शिव भण्डारी, सह कोषाध्यक्ष राजन खरेल, सल्लाहकार द्वय कमल भण्डारी तथा गोकर्ण बस्नेतको उपस्थिति थियो । त्यसगरी दुतावासका कर्मचारीहरु पनि उक्त अवसरमा सरीक भएका थिए । वर्तमानमा दुतावासको जिम्मेवारी सम्हालेका कार्यबाहक राजदुत क्षेत्री पनि गुल्मीको घमिर गाविस का हुन ।

सोहि दिन गुल्मीको सदरमुकाम तम्घासमा संस्थाका पुर्व उपाध्यक्ष मोति भण्डारी द्वारा जिल्ला दैवी प्रकोप् राहत कोषमा गुल्मी जिल्ला समाज युकेको तर्फ बाट ३ लाख रुपैया हस्तान्तरण गरिएको थियो । यस पूर्व भुकम्प पश्चातको पहिलो राहतमा संस्थाका प्रतिनिधिको रुपमा तत्कालिन अवस्थामा जिल्लामै पुगेका फडिन्द्र भट्टराई मार्फत २ लाख २२ हजार बरावरको राहत सामग्री तत्कालै गुल्मी जिल्लाको अती प्रभावित क्षेत्रमा वितरण गरिएको थियो ।
गुल्मी जिल्ला समाज युकेले गुल्मीको परोपकारी काममा खर्चिएको झन्डै डेड करोड भन्दा बढीको सहयोगको अलावा प्राकृतिक प्रकोपको अवस्थामा सोलुखुम्बु देखी सुदुर पश्चिमका बाढी पिडित हरु सम्मलाई देश ब्यापी रुपमा सहयोग गर्दै आइ रहेको छ ।