काठमाडौँ, २ भदौ । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मतदान सकिएको छ ।
बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहान ९:४५ मा सकिएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका छन् ।
मत केहीबेरपछि गणना हुने र तीन घन्टाभित्र मतपरिणाम सार्वजनिक गरिने उनले जानकारी दिए ।






