ब्राजिलको राजदुत बने पाल्पाका नेता कुल प्रसाद नेपाल

लन्डन । परराष्ट्र मन्त्रालयले ११ देशमा राजदूत नियुक्तिको लागि सिफारस गरेको छ । सरकारले ११ देशमा राजदूत नियुक्तिका लागि सिफारिसमा पर्ने मध्ये पूर्व सांसद तथा कुटनीतिज्ञ कुल प्रसाद नेपाल ब्राजिलका लागि राजदूतमा सिफारिस भएका छन्।

को हुन् ? कुल प्रसाद नेपाल 

२००८ सालमा पाल्पाको खस्यौली गाबिसमा जन्मिएका नेपाल पाल्पाका पुराना राजनीतिज्ञ हुन। उनीसंग २०५१-५२ सालमा नेपाली राजदुताबास नया दिल्ली , भारतमा सास्कृतिक सहचारीको अनुभब रहेको छ। उनी २०६४ सालमा पहिलो संबिधान सभामा पाल्पा-३ बाट निर्वाचित सभासद हुन।नेपालले बीए , बीएड गरेका छन् भने उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रिय सदस्य, नेपाल बार एसोसीयसनका पाल्पाका पूर्व अध्यक्ष र हाल नेकपा एमालेकाराष्ट्रिय परिषद सदस्य हुन। उनीसंग १५ बर्ष माध्यामिक बिध्यालयशिक्षक र २ बर्ष कानुन व्यबसायीको रुपमा कार्य गरेको अनुभब समेत छ।

२०२६ सालमा राजा महेन्द्र बिरुद्ध पर्चा छरेको अभियोगमा स्वर्गीय जीवराज आश्रित संग १८ महिना संगै जेल जिबन बिताएका नेपालले पंचायत ब्यबस्थाको आन्दोलनमा पटक पटक गरि साढे ३ बर्ष जेल जिबन बिताएका छन्। नेपाल एक इमान्दार र सक्षम राजनीतिज्ञको रुपमा पाल्पाली जनताहरुका माझ परिचित छन्।

खुशी ब्यक्त

यसै बीच बिगत लामो समय देखि लण्डन बस्दै आएका उनका छोरा वसन्त नेपालले बाबु ब्राजिलको राजदूतमा सिफारिस भएपछि खुशी ब्यक्त गरेका छन्। उनले भने ‘उहां एमाले भएका नाताले मात्र नभइ खुबी र त्यागले सो पदमा पुगेकामा ज्यादै गर्व लागेको छ ।