सुरेश कोइराला,
अमेरिका । राजनीतिक आरोप र प्रत्यारोपकाबीच एनआरएनए अमेरिकी संस्था चुनावी मैदानमा होमिएको छ । एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा पछिल्लो समय बढ्दो चुनावी माहोलसँगै राजनीतिक हस्तक्षेप झागिन थालेको छ । एक अर्कामा आरोप प्रत्यारोपको राजनीतिक छलकपट एनआरएनए अमेरिकाा पनि स्पष्ट देखिन थालेको छ । एनआरएनएको चुनावमा पनि नेपाली राजनीतिका दुई ठूला दल कांग्रेस र एमाले समूहमा ध्रुवीकरण शुरु भएको आरोप केन्द्रीत हुन थालेको छ ।
स्वच्छ छवि भएका व्यक्तिलाई पुष्टि गर्न नसक्ने हल्ला फिजाएर आस्थै नभएको र कहिले पनि नरहने राजनीतिक समिकरणमा जर्वजस्ती जोड्ने काम हुन थालेको छ । यस्ता हल्ला तथा आरोप प्रत्यारोपको खण्डन गर्दै यथार्थता नभएको हल्लाको कुनै तुक नहुने र त्यस्ता हल्लाले स्वच्छ छवि भएका व्यक्तित्वमा कुनै असर नपर्ने विभिन्न विद्धान तथा लब्द प्रतिष्ठित व्यक्तित्वहरूले आवाज उठाउन थालेका छन् । राम्रा र सक्षम व्यक्तित्वलाई उहाँहरूको सधै साथ र सहयोग रहिरहने वचन वद्धता पनि व्यक्त गर्नु भएको छ । गौरी जोशीलाई राजनीतिक पार्टीको भन्दा पनि स्वच्छ र साझा छवि भएका व्यक्तित्वको रुपमा चुनावमा उठाइएको उहाँहरूले बताउनु भएको छ ।
एनआरएनए अमेरिकाको आगामी अध्यक्षका दावेदार गौरी जोशीको राजनीतिक इतिहासलाई हेर्ने हो भने उहाँ चितवन नेपाली काँग्रेसको पृष्ठभूमीमा हुर्किएका व्यक्तित्व हुनुहुन्छ । उहाँले जीवनमा कहिले बामपन्थी विचारधारालाई आत्मसाथ नगरेको इतिहास साक्षी छ ।
साथै उहाँको टिममा वरिष्ठ उपाध्यक्षका दावेदार टेम्वा शेर्पा लामा, उपाध्यक्षहरू सञ्जिव श्रेष्ठ, उमा कार्की, भुवन आचार्य रहनु भएको छ भने महासचिवमा पूर्ण बानियाँ, सचिवमा रेवती अधिकारी र सह–कोषाध्यक्षमा विश्व आङ दाम्वे चुनावी मैदानमा उत्रनु भएको छ । उहाँहरु जनसम्पकृ समिति हस्तीहरूका रपमा चिरपरिचित हुनुहुन्छ ।
राजनीतिक समिकरण गरेर अमेरिका जस्तो देशमा फाइदा नहुने देखिएको अमेरिका जनसम्पर्क समितिका केन्द्रीय सदस्य एवम् नाजाका पूर्व अध्यक्ष गौतम दाहालले बताउनु भयो । जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, उपाध्यक्षहरू भगवान मैनाली, केशव बराल, धर्म श्रेष्ठलगायत विनोद भट्ट, परमान्दन खनाल, गोविन्द लम्साल, लोक लामा, सुरेन्द्र रानाभाट, सुन्दर नेमाङ, सरेन्द्र गुरुङ, वेद खरेल, विनोद भट्ट, चन्द्र धिताल, धर्म भट्टराई, सुमन वस्ती, सुन्दर गुरुङ, गोपाल विश्वकर्मा लगायतका जनसम्पर्क समितिका संस्थागत पक्षहरूको समर्थन मिलेको छ ।
प्रवासी मञ्चका पूर्व अध्यक्ष सञ्जय थापाले राजनीतिक पक्षलाई नलिइ सामाजिक उत्तरदायित्वलाई वहन गर्न जनसम्पर्क समितिका संस्थागत पक्षलाई समर्थन गर्दै जोशीलाई सघाएको बताउनु भयो ।
एनआरएनएलाई राजनीतिक दलदलमा फसाउनु भन्दा पनि सबैको साझा संस्थाको रुपमा विकास र विस्तार गर्न तथा सबै सदस्यबीच सहमति र समन्वय गरी अघि बढ्न पर्नेमा जोड दिनु भएको छ । अमेरिका स्थित सबै राजनीतिक संस्थाहरूको स्थानीयसँग मिलि विभिन्न क्षेत्रलाई समेटेर एनआरएनएलाई एकजुट बनाउन सफल एवम् स्वच्छ व्यक्तित्व जोशीलाई अध्यक्ष बनाउनका लागिपरको प्रवासी मञ्चका पुरुर्पोत्तम वोहरा, अपाध्यक्ष सञ्जय थापा, कृर्तिसागरले बताउनु भयो ।
त्यसो त एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने अर्का अध्यक्ष शेष घले पनि राजनीतिक पार्टीका रुपमा नभइ सामाजिक क्षेत्रका उदारणीय व्यक्तित्व हुनुहुन्छ । जोशी पनि उहाँहरू जस्तै राष्ट्र सेवक, वैचारिक व्यक्तित्व भएको कारणले आगामी दुई वर्षको एनआरएनए अध्यक्ष पद्का लागि सबैको उहाँलाई समर्थन रहेको हो ।






