सहारा यूकेमा नयाँ नेतृत्व-अध्यक्षमा ले.रि.कुसाङ गुरुङ,अरु को–को भए निर्वाचित ?

लन्डन।बेलायतको एक अग्रणी नेपाली संस्था सहारा यूकेको अधिवेशन सम्पन्न भएको छ । सहारा यूकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ चुनिएका छन्।  शनिबार भएको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ चयन भएका छन् ।

यस्तै सहारा एफसी चेयरमेनमा शारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.रि.पिताम्बर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दीप उपाध्यायलाई सर्वसम्मत निर्वाचित गरेको निवर्तमान अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

सदस्यहरुमा मिलन गुरुङ, मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, शम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ छानिएका छन् ।

सो अवसरमा सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको १३ औं साधारणसभा छैटौ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन् ।

अधिवेशनमा संस्थाको कार्यसमितिका पदाधिकारी, सल्लाहकार, साधारण सदस्य लगायतको सहभागिता थियो । सन् २००८ मा नवीन गुरुङको अध्यक्षतामा स्थापित सहारा यूकेले बेलायत र नेपालमा खेलकुद विकास तथा अन्य सामाजिक क्षेत्रको उत्थानका लागि निरन्तर सहयोग गर्दै आएको छ ।तस्बिर- मिलन तमु