लण्डन । बेलायतबाट नेपाल जाँदा अनिवार्य रुपमा सात दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम तत्काल स्थगन भएको छ ।
नेपाल सरकारले बेलायतसहितका विभिन्न ६७ देशहरुबाट स्वदेश फिर्ता हुँदा अनिवार्य रुपमा सात दिनसम्म होटल क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको थियो । तर उक्त निर्णयको चौतर्फी विरोध भएसँगै हाललाई कार्यान्वयन नहुने भएको हो ।
अध्यागमन विभागले बेलायत, अमेरिका लगायत विभिन्न ६७ वटा मुलुकहरुबाट नेपाल जाने यात्रुहरुले सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न पर्ने भनेको थियो । तर निर्णय कार्यान्वयन हुन नपाउँदा हाल यो नियम स्थागन गरिएको हो । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।
पछिल्लो समय बेलायतसहितका देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बाक्लो रुपमा फैलिदै गएसँगै नेपाल सरकारले सचेतना अपनाएको छ ।
पछिल्लो समय बेलायतसहितका यी देशहरुमा कोभिड महामारीका केसहरु बढदै गइरहेका छन् भने ओमिक्रोन पनि फैलदो क्रममा छ ।







