सिड्नी । अबर्न नेपाली समाजको अध्यक्षमा यूवा व्यवसायी रविन्द्रकुमार शर्मा निर्विरोध निर्वाचन भएका छन् । गत १६ मेका दिन अर्बन पार्कमा आयोजित वार्षिक साधारणसभाले शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
समाजका अन्य पदाधिकारीमा उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिबमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युबा संयोजकमा युद्दीका कुंबर चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा मनोज अधिकारी, भूपेन्द्र कंडेल, आयुष अधिकारी, निशान कार्की, धिरेनबहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन् ।
समाजले सल्लाहकारमा दिनेशकुमार पोखरेल, मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, शशी राई र राजु गिरीलाई चयन गरेको छ । अर्बन नेपाली समाजले निवर्तमान अध्यक्ष अशोक उप्रेतीलाई संस्थाको संरक्षकको रूपमा चयन गरेको छ ।
अधिबेशनका निर्वाचन आयुक्त मनऋषि धितालले नयाँकार्य समितिको घोषणा गरेका थिए । सँगसँगै पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताले नवनिर्वाचित कार्यसमितिलाई सफलता शुभकामना दिएका थिए । कार्यक्रम समाजका महासचिब सन्तोष आचार्यले संचालन गरेका थिए ।
सिड्नीको दक्षिण पश्चिम कम्बरलेन्ड काउन्सिलअन्तर्गत पर्ने अबर्न नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सबअर्ब हो । अर्बन यस्तो सबअर्ब हो जहाँ यातायात र सिटिको पहुँच सुबिधाका कारण थुप्रै नेपाली विद्यार्थीहरु बसोबास गर्दछन् ।
लामो समय अष्ट्रेलियामा रही बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियामा आबद्ध नवनिर्वाचित अध्यक्ष शर्मा बिगतमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष थिए । उनी यसभन्दा अघिल्लो अबर्न नेपाली समाजको कार्यसमितिमा इभेन्ट कोअर्डिनेटर भूमिकामा थिए ।
प्रवासी जीवनको सम्पूर्ण उतार चढावलाई सहज सामना गर्ने एउटा गुड सेन्स अफ ह्यूमर भएका यूवा हुन् शर्मा । थुप्रै मानिसहरुबाट माया, प्रेम र प्रसंशा प्राप्त गर्ने सकारात्मक सोच र गतिशील बिचार भएका रबिन्द्रको नेतृत्वमा अर्बन नेपाली सामाजले बिगतमा गर्दै आएको सामाजिक काम थप उचाईमा पुग्ने अर्बनको सेरोफेरोमा बस्ने नेपाली समुदायले अपेक्षा गरेको छ ।







