तमु धि लण्डन इकाईले नेपालमा कोरोना बाट बचाउन २ लाख सहयोग गर्ने

लण्डन । तमु धि लण्डन इकाईले मातृभूमी नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सहयोगार्थ १४०० सय पाउन्ड सहयोग गर्ने भएको छ ।
तमु धि लण्डन इकाईले हालै नेपालमा तिब्र रुपमा बढ्दो कोरोना संक्रमण रोकथाम र सर्वसाधरणहरुले अक्सिजनको अभावले जीवन गुमाऊन परि रहेको बेला मातृभुमिमा परेको दु:खमा केहि न केहि सहयोग पुर्याउनु पर्छ भन्ने उदेश्यले १६ मे २०२१ मा भर्चुअलको मध्यमबाट अध्यक्ष  बिष्णु गुरुङले आपात कालिन बैठक आह्वान गरि बैठकले १४०० पाउन्ड अर्थात २ लाख रुपैया समाजको कोषबाट निकासा गरि तमु धि युकेलाई हस्तान्तरण गर्ने निर्णय भएको उपाध्यक्ष भरत गुरुङले लण्डन न्युजलाई जानकारि गराउनु भयो ।

सो बैठकमा सस्थाका ट्रस्टिज ज्युहरु पुर्ब अध्यक्षहरु सल्लाहकारहरु आमा समुह कि अध्यक्ष लगायत आमा समुह तथा कार्यसमिति उपस्थित हुनु भएको थियो ।

अहिले देशलाई परेको यस् जटिल परिस्थितिमा तमु धि युके लगायत विभिन्न संघ सस्थाहरुले पनि सहयोग जुटाई रहेका छन् ।

यसरी तमु धि लण्डन इकाई २००७ सालमा स्थापना भइ हरेक नेपाल र नेपालीहरु माथी परिआएको हरेक दुख कष्टमा सहयोग गर्दै आएको छ ।