तक्दीर अधिकारी
सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदनप्रदानसहित बारबिक्यु कार्यक्रम सम्पन्न ग-यो । अप्रिल १७ शनिबार सिड्नीको केन्ड्रिक पार्कमा सम्पन्न कार्यक्रममा सयजना भन्दा बढीको सहभागिता थियो ।
सञ्जालका अध्यक्ष ईश्वर पाखरेलले उपलब्ध गराएको जानकारी अनुसार कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष मन केसी, क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङ, प्रवक्ता नन्द गुरुङ, प्रवासी एकता मञ्चका अध्यक्ष रमेश पाण्डे, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, झापाली समाजका अध्यक्ष उमेश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
सञ्जाल कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष राज खनाल, पूर्वअध्यक्ष कृष्ण गैरे, सल्लाहकारहरु डा. प्रकाश पौडेल, डा. चि श्रेष्ठ, रामजी बस्नेतको पनि कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रम सञ्चालन महासचिव दिवाकर काफ्लेले गरेका थिए । कोभिड पीडित २५ विद्यार्थीलाई सहयोग गरेकोलगायत कार्यक्रममा सञ्जालको वर्तमान कार्यसमितिले गरेको गतिविधिबारे महासचिव काफ्लले उल्लेख गरेका थिए ।
रूपन्देही सामाजिक सन्जाल अस्ट्रेलियाले आयोजना गरेको नयाँ वर्ष शुभकामना तथा बार्बिक्यू कार्यक्रममा सन्जालका साहित्यक तथा सांस्कृतिक कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्झनलायक बनाउन दिनभरि बारबिक्यु, बालबालिकाको रमाइलो खेल र सांगीतिक वातावरण तयार गरिएको थियो ।






