नारायणकाजीमाथि २ लाख डलरको हिसाव नबुझाएको आरोप

काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभागको रकमको हिसाव किताव नदेखाएको आरोप लागेको छ ।

‘नमच्निे पीङको सय झ्डका’ भनेजस्तो कुरा मात्र ठूला गर्ने तर काम सिन्को नभाच्ने गरेको आरोप आफ्नै कार्यकर्ताबाट खेप्दै आएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मालेको विदेश विभागको पारदर्शितमाथि प्रश्न उठाउन थालिएको छ ।

अरुले गरेको काममाथि चर्को स्वरमा पारदर्शिता खोज्ने नारायणकाजी आफैले सम्मालेको विभागको बर्षौदेखिको हिसाव किताव तथा अन्य गतिविधि पारदर्शी नपारेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ।

माओवादी स्रोतका अनुसार विदेश विभागले झन्डै २ लाख भन्दा बढी डलरको हिसाव पार्टीलाई बुझाएको छैन । यसरी थुप्रिएको डलरमा भने पूर्व विद्यार्थी नेता युवराज चौलागाईले सवैभन्दा बढी ‘तर’ मारेको चर्चा माओवादीभित्र छ ।