विमानस्थलबाट सोझै बालुवाटार गए राजदुत रे![]()
अाज मात्र भारतबाट फर्केका भारतीय राजदुत रञ्जित रे र प्रधानमन्त्री सुशील कोइरालाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ। राजदुत रे दिल्लीबाट त्रिभुवन विमानस्थलमा उत्रिएपछि सोझै बालुवाटार पुगेका थिए।
बिहान साढे १० बजेतिर बालुवाटारमा छिरेका रे र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेकाले सञ्चारकर्मीलाई बालुवाटारमा प्रवेश दिइएको छैन्।
नेपालमा नयाँ संविधान जारी भएपनि सीमावर्ती क्षेत्रमा हिंसात्मक घटना भइरहेको भन्दै भारतले असन्तुष्टि जनाएको थियो।






